• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

नेपालीहरु पनि अब AI विकासमा अब्बल: IELTS अभ्यासका लागि ‘Voyage AI’ एप सार्वजनिक

नेपालीहरु पनि अब AI विकासमा अब्बल: IELTS अभ्यासका लागि ‘Voyage AI’ एप सार्वजनिक

काठमाडौं। सीमित स्रोत र लागतका बाबजुद नेपाली AI/ML engineer तथा अनुसन्धानकर्ताहरूले IELTS अभ्यास गर्न मिल्ने नयाँ AI एप बजारमा ल्याएका छन् ।

‘Voyage AI’ नामक उक्त एपले विद्यार्थीहरूलाई IELTS अभ्यास गर्न, उत्तर मूल्यांकन गर्न र छोटो समयमै सुधारका लागि आवश्यक सुझाव प्राप्त गर्न सहयोग गर्ने बताइएको छ । एपमार्फत प्रयोगकर्ताले अभ्यास गरेपछि करिब ५ देखि १० सेकेन्डमै सम्भावित score तथा feedback पाउन सक्ने जानकारी AI इन्जिनियर प्रतीक लामाले दिनुभएको छ।

नेपाली इन्जिनियरहरूद्वारा विकास गरिएको यो एप AI प्रविधिलाई शिक्षा क्षेत्रमा प्रयोग गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। ‘Voyage AI’ एपमा text-to-video feature समेत समावेश गरिएको छ, जुन नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै IELTS practice app मा नयाँ प्रयोगका रूपमा प्रस्तुत गरिएको हो ।

कम लागत र सीमित स्रोतका बीच पनि नेपाली टोलीले यस्तो प्रविधि विकास गर्नु नेपालको AI क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ । यो एपले विशेषगरी IELTS तयारी गरिरहेका विद्यार्थीहरूलाई घरमै बसेर अभ्यास गर्ने, आफ्नो कमजोरी पत्ता लगाउने र सुधार गर्ने अवसर दिने अपेक्षा गरिएको छ।

हाल ‘Voyage AI’ एपले प्रयोगकर्ताहरूलाई ५० credit निःशुल्क उपलब्ध गराइरहेको छ । विद्यार्थीहरूले उक्त free credit प्रयोग गरेर एपका विभिन्न AI-based अभ्यास सुविधाहरू परीक्षण गर्न सक्नेछन् ।

AI प्रविधिको प्रयोग विश्वभर शिक्षा, भाषा अभ्यास र सीप विकासमा तीव्ररूपमा बढिरहेका बेला नेपाली टोलीद्वारा तयार गरिएको ‘Voyage AI’ एपले स्थानीय innovation लाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १, शुक्रबार १८:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP