• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

मेलम्चीमा ७ दिने “कम्प्युटर तथा आइसिटी सीप सम्बन्धी” तालिमको समापन

मेलम्चीमा ७ दिने “कम्प्युटर तथा आइसिटी सीप सम्बन्धी” तालिमको समापन

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाद्वारा आयोजित ७ दिने “कम्प्युटर तथा आइसिटी सीप सम्बन्धी” तालिमको समापन गरिएकाे छ । समापन कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले सिकाइको वास्तविक मूल्य त्यसको प्रयोगमा निहित हुने बताउनुभयो ।

प्रमुख तामाङले प्रविधि अब विकल्प होइन, आवश्यकता भन्दै तालिमले शिक्षकहरूलाई नयाँ ज्ञान, सीप र प्रविधिसँग नजिक ल्याएको उल्लेख बताउनुभयाे । उहाँले सिकेका कुरालाई व्यवहारमा उतारेर विद्यार्थीसम्म प्रभावकारीरूपमा पुर्‍याउन आग्रह गर्नुभयो ।

उहाँले ६० विद्यालयका ६० जना शिक्षकहरूको सहभागिताले यो अभियानलाई अझ अर्थपूर्ण बनाएको उल्लेख गर्नुहुँदै विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनप्रति आभार व्यक्त गर्नुभयो ।

साथै, तालिम सफल बनाउन अहोरात्र खटिनु भएका प्रशिक्षक तथा राष्ट्रसेवक कर्मचारीहरूप्रति विशेष धन्यवाद पनि व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रशासकीय अधिकृत झपेन्द्र खरेल, शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाल लगायतको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १७, बिहीबार १४:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP