• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयकाे पत्रकार महासङ्घद्वारा आपत्ति

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयकाे पत्रकार महासङ्घद्वारा आपत्ति

काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले कानुनबमाेजिम सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा नआएकाे भन्दै आज बन्द गर्ने निर्णय गरेसँगै एक प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आउने मात्र नभई नागरिकको सूचनाको हकसमेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेको भन्दै महासङ्घले आश्चर्यसमेत प्रकट गरेको छ ।

‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखि नै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने देखिएकाले सरकारी निर्णयप्रति महासङ्घ असहमति जनाउँदछ ।’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘महासङ्घ सामाजिक सञ्जाल नियमनको पक्षमा छ । तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार गर्दैन,’विज्ञप्तिमा उल्लेख छ । नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन महासङ्घले सम्बद्ध पक्षसँग जोडदार मागसमेत गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १९, बिहीबार ११:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP