• २०८३ असार ३१ | Wed, 15 Jul 2026

भोलि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काभ्रे जिल्लामा विद्युत सेवा अवरुद्ध हुने (विज्ञप्तिसहित)

भोलि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काभ्रे जिल्लामा विद्युत सेवा अवरुद्ध हुने (विज्ञप्तिसहित)

बनेपा । काभ्रे जिल्लामा अघिल्लाे शनिबार झैं भोलि शनिबार पनि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध रहने भएकाे छ।

नेपाल विद्युत प्राधिकरणले शनिबार भक्तपुर सबस्टेशनमा बनेपा भक्तपुर ६६ केभि लाइनकाे आइसाेलेटहरु बदल्ने कार्यका लागि उक्त लाइनबाट हुने विद्युत आपूर्ति अवरुद्ध हुने जनाएकाे हाे ।

प्राधिकरणका अनुसार काठमाडाैं सब–स्टेशन अटोमेशन आयोजना अन्तर्गत भक्तपुर–बनेपा ६६ केभि प्रसारण लाइनमा बाइपास आइसोलेटर बदलाव कार्य गर्ने भएकाले काभ्रे वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण फिडरहरूमा विद्युत सेवा बन्द गर्नुपर्ने भएको हो।

प्राधिकरणले सम्भावित असुविधाका लागि क्षमायाचना गर्दै निर्धारित समयभित्र मर्मत तथा प्रतिस्थापन कार्य पूरा गर्ने प्रतिबद्धता जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १९, शुक्रबार १३:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP