• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ साल भदाै २० गतेः यस्ताे छ आजकाे राशिफल

२०८२ साल भदाै २० गतेः यस्ताे छ आजकाे राशिफल

काठमाडाैं । २०८२ साल भाद्र २० गते शुक्रबार तदनुसार ५ सेप्टेम्बर २०२५ । त्रयोदशी तिथी ४९ घडी ४९ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ हुनेछ। श्रवण नक्षत्र ४३ घडी ४९ पला उप्रान्त धनिष्ठा नक्षत्र प्रारम्भ हुनेछ । सोभन योग कौलव करण आज बिहान सूर्योदय ५:४५ मा भयो भने सूर्यास्त साँझ ६:१८ मा हुनेछ । आज शुक्रबार चन्द्रमा मकर राशिमा ।

मेष राशि
आर्थिक समस्याले सताउने देखिन्छ । कृषि तथा चौपायाबाट घाटा बेहोर्नुपर्नेछ । परिवारमा अनावश्यकरुपमा विवाद बढेर जानाले मानसिक तनाव नबढ्ला भन्न सकिँदैन।

वृष राशि
पारिवारिक कलह बढेर जानेछ । गरिरहेको काममा बाधा आउने देखिन्छ । मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ। जागिरमा अपजसको सामना बढेर जानेछ।

मिथुन राशि
शैक्षिक क्षेत्रमा सुधार भएर जानेछन्। नयाँ साथीको आगमनले काममा थप हौसला बढ्नुका साथै फसेको धनमालसमेत भेटाउने सम्भावना बढेर गएको छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

कर्कट राशि
पतिपत्नीबीच माधुर्यता छाउनेछ। दाजुभाइमा आत्मीयता बढेर जानेछ । शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ । लेखनशैलीमा तीव्रता आउनेछ मानसम्मानमा वृद्धि भएर जानेछ।

सिंह राशि
काममा ढिलासुस्ती भएर जानेछ। चोटपटकको सम्भावना बढेर गएको छ। प्रेमिप्रेमिकाबीच वादविवादको सामना गर्नुपर्नेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ।

कन्या राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्नेछ । आफन्तमा बैरभाव आउने देखिन्छ । मुद्दा मामिलामा फसिने योग छ । स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ।

तुला राशि
माङ्गलिक कार्यमा सहभागी भइनेछ। बोलीमा माधुर्यता छाउने छ । आर्थिक क्षेत्रमा सुधार हुनुका साथै पठनपाठनमा सफलता पाइने योग छ। रोकिएका कामहरू पूरा भएर जानेछन्।

वृश्चिक राशि
आयमा वृद्धि कार्यमा प्रगति भएर जानाले मनमा उत्साह बढेर जानेछ। पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ । भोजभतेरमा सहभागी हुने अवसर जुट्ने देखिन्छ ।

धनु राशि
गरिरहेको काममा बाधा आउने देखिन्छ। अनावश्यक झैझगडामा फसिने योग छ। आर्थिक क्षेत्रमा कष्टता भोग्नुपर्ने देखिन्छ। अप्रत्यासितरुपमा राज्यपक्षबाट समेत स्पष्टता भोग्नुपर्ने देखिन्छ।

मकर राशि
अधुरा काम पूरा भएर जानेछ । बोलीमा माधुर्यता छाउने छ। आकस्मिकरुपमा धन लाभ मिल्ने देखिन्छ। स्वास्थ्यमा सुधार आउनाले मनमा खुसी छाउनेछ।

कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्नेछ। लेखनशैलीमा कमी आउनुका साथै आफन्तमा कुरा काट्ने प्रविधिले मनमा चिन्ता बढेर जानेछ।

मीन राशि
न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ । बोलीमा मिठास आउनेछ। आफन्तको सहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २०, शुक्रबार ००:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP