• २०८३ असार ३१ | Wed, 15 Jul 2026

०८२ साल फागुन ९ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल फागुन ९ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैँ । ०८२ साल फागुन ९ गते शनिबार तदनुसार २१ फेब्रुवरि २०२६ । चतुर्थी तिथी १८ घडी १० पला उप्रान्त पन्चमी तिथी प्रारम्भ हुनेछ । रेवती नक्षत्र ३३ घडी ५१ पला उप्रान्त अस्विनी नक्षत्र प्रारम्भ हुनेछ । शुभ योग बयब करण आज बिहान सूर्योदय ६:३८ मा र सूर्यास्त साँझ ५:५८ मा हुनेछ। आज शनिबार चन्द्रमा मीन राशिमा ।

मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । जागिरमा अपजसको सामना गर्नुपर्नेछ । सानो कुरामा वादविवाद बढेर जानेछ। मानसम्मानमा आघात पुग्नुका साथै धनमाल हराउन सक्ने देखिन्छ ।

वृष राशि
जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउनुका साथै नयाँ साथीको आगमनले व्यवसायमा लगानी बढाइने योग रहेको छ।

मिथुन राशि
न्यायिक काममा बाधा हुनेछ। बोलीमा आएको कठोरताले मनमा चिन्ता बढेर जाने देखिन्छ। दाजुभाइमा सानो कुरामा अविश्वास बढेर जाने योग छ। धनमाल हराउन सक्ने देखिन्छ ।

कर्कट राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । लेखन शैलीमा कमी आउने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ। व्यापार व्यवसायमा केही घाटा भएर जानाले मनमा चिन्ता बढेर जाने देखिन्छ।

सिंह राशि
आयआर्जनमा वृद्धि भएर जाने देखिन्छ। बोलीमा माधुर्यता छाउने छ । लेखन शैलीमा तीव्रता आउनुका साथै न्यायिक कार्यमा तपाईंकै जित हुनाले सबैको विश्वाससिलो भइनेछ।

कन्या राशि
भौतिक साधन खरिद गरिने योग रहेको छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पठनपाठनमा सफलता प्राप्त हुनाले सबै जनाको विश्वासिलो र न्यायिक भइनेछ।

तुला राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ। स्वास्थ्यमा आएको उतारचढावले काममा समेत बाधा आउने देखिन्छ। लेखन शैलीमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ।

वृश्चिक राशि
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। बोलीमा कठोरता आउने योग छ। पारिवारिक छ। पारिवारिक समस्याले सताउनुका साथै राज्यपक्षबाट समेत कष्टता पाइनुले मनमा चिन्ता बढेर जानेछ।

धनु राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गरिने योग रहेको छ। भौतिक साधन खरिद गरिनुका साथै धार्मिक कार्यमा समेत सहभागी भइनेछ।

मकर राशि
मानसम्मानमा वृद्धि भएर जानेछ। स्थायी सम्पत्तिमा वृद्धि हुने योग छ। नोकरीमा सफलता प्राप्त गर्नुका साथै नयाँ साथीको आगमनले व्यवसायमा थप लगानीसमेत बढाइने योग छ।

कुम्भ राशि
आर्थिक लेनमा वादविवाद बढेर जानेछ। चोटपटकको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। लेखन शैलीमा कमी आउनुका साथै संचित धनको समेत नाश हुनाले मनमा चिन्ता बढेर जानेछ।

मीन राशि
प्रशासनिक काममा सफलता पाइने योग छ। जग्गा जमिनसम्बन्धी काममा वृद्धि भएर जानेछ। न्यायिक काममा तपाईंकै जित हुनुका साथै प्रेमी प्रेमिकाबीच माधुरता छाउने छ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ९, शनिबार ००:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP