काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने गरि सहमति जुटेको छ ।
जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्काल हल हुनेगरी राष्ट्र्रपति कार्यालय शीतल निवासमा सहमति जुटेकाे हाे । वार्तामा प्रधानसेनापति राष्ट्रपति र जेनजीका प्रतिनिधि बसेका थिए । यससँगै कार्कीले आजै पद तथा गोपनीयताको शपथ लिँदैछिन् ।
सुशीला कार्कीलाई प्रधानमन्त्री चयन गरिएसँगै देशले पहिलाे महिला प्रधानमन्त्री पाउने भएकाे छ ।
प्रतिक्रिया