सिन्धुपाल्चोक। श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची- ४ थकनिको ६५ औं जन्मजयन्ती तथा २७ औं अभिभावक दिवस आज सम्पन्न भएको छ ।
कार्यक्रममा विशेष अतिथि बागमती प्रदेशसभा सदस्य एवम राप्रपा नेतृ कुमारी तामाङले विद्यालय शिक्षामा लगानी गर्नका लागि आफूले खबरदारी गरिरहेको बताउनुभयो । मञ्चमा आउने, बोल्ने र कामको नाममा सिन्को नभाँच्नेहरुले शिक्षामा लगानी नगरेको बताउनुभयो ।
खानेपानी, शिक्षा, स्वास्थ्य, सडकको अवस्था हेलिकप्टरमा हिँड्नेलाई थाहा नहुने भन्दै आफू सरकारमा नभएका कारण सिन्धुबासीको पीडा बागमती प्रदेश सरकारसम्म पुग्न नसकेको बताउनुभयो । यो देशको विकास र समृद्धिको लागि आफ्नो धर्मको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कँडेलको टिमले आफ्नो प्रस्तुति प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया