काठमाडौँ। रबि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकाे घाेषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले पार्टी छाेडेकाे बताएकी हुन् ।
नेतृत्वप्रति उनले असन्तुष्टी जनाउँदै आजैदेखि मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला भन्दै पार्टी छाेडेकाे उल्लेख गरेकी छिन् ।
उनले लेखेकाे स्टाटस जस्ताकाे त्यस्तैः
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।

प्रतिक्रिया