काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आन्दाेलनमा ज्यान गुमाएका प्रहरी परिवारलाई १० लाख दिने भएकाे छ ।

कार्यालयका प्रवक्ता विनाेद घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै यसकाे जानकारी दिनुभएकाे हाे ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपाल प्रहरीका परिवारजनलाई नेपाल प्रहरीमा कार्यरत महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार १० लाख रुपैंयाँ क्षतिपूर्तिबापत उपलब्ध गराउने निर्णय भएकाे नेपाल प्रहरीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया