काभ्रे । काभ्रेकाे मण्डनदेउपुर नगरपालिकाका वडा नम्बर ४ लाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ।
आइतबार जिल्ला समन्वय समितिका प्रमुख दिपक गाैतम, नगरपालिका प्रमुख टाेकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाललगायत वडाध्यक्षहरुकाे राेहवरमा साे वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको हाे।

नगरपालिकाका १२ वटा वडाहरु मध्ये यो वडा बालमैत्री स्थानीय शासन लागू भएको पहिलो वडा हो । यसका लागि आवश्यक सबै मापदण्ड पूरा गरेपछि वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको प्रमुख अतिथी गाैतमले बताउनुभयाे ।

नगरपालिकाको १७ औँ नगर अधिवेशनले पहिलो बालमैत्री वडा घोषण गर्ने वडालाई दिइने भनिएको ५ लाख नगद पुरस्कारसहित याे वडालाई सम्मान पनि गरिएको छ। याे अभियानमा साथ दिनुहुने सबैलाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेकाे छ ।

प्रतिक्रिया