• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सर्वोच्च अदालतमा दशैंकाे समयमा पनि बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

सर्वोच्च अदालतमा दशैंकाे समयमा पनि बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा दशैं बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएकाे छ ।जसका लागि बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ ।

दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः ०० बजेदेखि अपराह्न ३ः ०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’-अदालतद्वारा जारी सूचनामा भनिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ६, सोमबार १३:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP