• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

दशैं शुरु भएसँगै बढ्यो अन्तर्राष्ट्रिय उडानमा चाप

दशैं शुरु भएसँगै बढ्यो अन्तर्राष्ट्रिय उडानमा चाप

काठमाडौं । बडादशैं शुरु भएसँगै हवाई उडानमा चाप बढेको छ। विशेषगरी अन्तर्राष्ट्रिय उडानमा चाप भएकाे हाे । आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

दशैंमा काठमाडौँबाट विभिन्न गन्तव्यमा जाने हवाइ यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ । केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन् । कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन् ।

शनिबार अन्तर्राष्ट्रियतर्फ १०६ उडान भए । जसमा ५४ आगमन भए भने ५२ वटा प्रस्थान भए । यी उडानबाट आठ हजार २९ यात्रु नेपाल आएका छन् । आन्तरिकतर्फ २२२ उडान भएका छन् । यसमध्ये काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्या ६ हजार ८७५ रहेको छ भने भित्रिनेको सङ्ख्या चार हजार ६५ रहेको छ ।

यस्तै आइतबार अन्तर्राष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिए। छ हजार ८०० यात्रु बाहिरिएका छन् । आन्तरिकमा कूल २२९ उडानमार्फत सात हजार ८८७ बाहिरिए र पाँच हजार ५०५ यात्रु काठमाडौँ भित्रिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ २५० बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ। आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।राससकाे सहयाेगमा



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ७, मंगलवार ००:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP