सिन्धुपाल्चाेक । खेलकुदमार्फत स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ आयोजित दोस्रो मेलम्ची–१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि यस वर्ष पनि भुमेस्थान आधारभूत विद्यालयले जित्न सफल भएको छ।
आइतबार सम्पन्न फाइनल प्रतिस्पर्धामा भुमेस्थानले काफ्लेखोला युवा क्लबलाई सानदार खेल प्रदर्शन गर्दै ३–० सेटको अन्तरमा पराजित गर्दै लगातार दोस्रो वर्ष पनि उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।

विजेता टोलीलाई मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, तथा वडा अध्यक्ष अमृत खनालले प्रथम हुने टोलीलाई २५ हजार , दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो स्थान हासिल गर्ने नवज्योति टोलीलाई १५ हजार नगद रुपैयाँसहित शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नु भएको थियो ।

सांस्कृतिक झल्कोसमेत प्रस्तुत गरिएको समारोहमा लोकप्रिय कलाकारहरू प्रतिमा अर्याल, प्रदीप रोक्का र निमेश दाहाल लगायतले आकर्षक प्रस्तुती दिनुभएकाे थियो ।

वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा मेलम्ची वडानम्बर–१० भित्रका युवाबीच एकता, खेलप्रतिको रुचि, र प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने कार्यक्रम संयोजक प्रल्हाद ढुंगेलले बताउनुभयाे । खेलकुदलाई निरन्तरता दिँदै स्थानीय तहले खेलमैत्री वातावरण निर्माणमा जोड दिइरहेको आयोजक समितिले जनाएको छ।
प्रतिक्रिया