• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अविरल वर्षाका कारण तीन जिल्लामा सडक अवरुद्ध

अविरल वर्षाका कारण तीन जिल्लामा सडक अवरुद्ध

काठमाडौँ । पछिल्ला केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाले सडक अवरुद्ध भएका छन् । जसले गर्दा संखुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न सडक पूर्णरूपमा बन्द भएका छन् ।

नेपाल प्रहरीले सोमबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्लामा कोशी राजमार्गका दुई स्थान अवरुद्ध भएकाे जनाएकाे छ ।भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा लगातारको वर्षाका कारण राजमार्ग बन्द भएको प्रहरीले जनाएको हाे।

त्यस्तै, बागमती प्रदेशका रसुवा र सिन्धुपाल्चोकमा बाढी तथा पहिरोले सडकमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा अरनिको राजमार्गका दुई स्थान—सुनकोशी गाउँपालिका–७ को ‘एक किलो’ र भोटेकोशी गाउँपालिका–२ को ‘बाह्र किलो’मा खसेको पहिरोले यातायात अवरुद्ध भएको छ।

उता रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने पुल बन्द भएको छ भने सोही गाउँपालिकाको तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड पनि रोकिएको छ। सम्बन्धित निकायसँग सहकार्य गरेर अवरुद्ध स्थानहरू खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १३, सोमबार ०५:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP