• २०८३ असार ३२ | Thu, 16 Jul 2026

शनिबारकाे माैसमः देशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना

शनिबारकाे माैसमः देशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडाैं । शनिबार देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराईका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेशलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागका केही स्थानहरू र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १४, शनिबार ०१:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP