• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

आजकाे माैसमः ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ ।

जसले हाल देशभर साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा तथा तराई भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २, मंगलवार ०६:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP