• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राँगा काट्ने क्रममा आफ्नै खुट्टा काटिँदा एक व्यक्तिकाे मृत्यु

राँगा काट्ने क्रममा आफ्नै खुट्टा काटिँदा एक व्यक्तिकाे मृत्यु

झापा । ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

परियारले सोमबार साँझ आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी घाइते भए ।

घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज लगिए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १४, मंगलवार ०५:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP