• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन् । काठमाडौँ, टोखा नगरपालिका-९ गोंगबु लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २५ वर्षीय मन्दत राई र टोखा नगरपालिका-९ दिपज्योती बस्ने नवलपरासी पश्चिम घर भएका २९ वर्षीय प्रविण ज्ञवाली रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले मन्दतको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका-६ बौद्धबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय ८३ एम्पुल, डाईजेपाम १ हजार २ सय ९३ एम्पुल र बुप्रेनोर्फिन १ हजार २ सय ९३ एम्पुल सहित गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने मकवानपुर घर भएका ४२ वर्षीय रामराज गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध फेनारगन ८३ एम्पुल, डाईजेपाम ८५ एम्पुल, नोर्फिन १९ एम्पुल र बुप्रेनोर्फिन ६० एम्पुल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-६ बस्न ४१ वर्षीय पाण्डे भन्ने निर्मल लामा र ५१ वर्षीय घैटे भन्ने अर्जुन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरी उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-१ राजपोखरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय टयाब्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर वेलका नगरपालिका-४ रामपुर बस्ने २७ वर्षीय सनम माझी र सोही नगरपालिका-९ बस्ने २२ वर्षीय अनुप क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ हजार ९ सय १० ट्याब्लेटसहित कोशी गाउँपालिका-१ बस्ने २३ वर्षीय रोशन झा समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय धरानबाट खटिएको प्रहरीले कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को.१८ प ४२५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापा, गौरीगंज गाउँपालिका-६ मुस्लिम टोल बस्ने २२ वर्षीय मोहमद रहिम मिँयासमेत २ जनालाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४ ग्रामसहित भारत बिहार अररिया खैरा खगरा-४ बस्ने १९ वर्षीय राजकुमार साह समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले बीआर ३८ एपि ९०४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २७, आईतवार १०:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP