काठमाडाैं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसमविद्हरुले आजदेखि असोज २१ गतेसम्म भिषण वर्षा हुने आँकलन गरेका छन्। यस अवधिमा विशेष सतर्कता अपनाउन पनि उनीहरूले अनुरोध गरेका छन्। गए रातिदेखि नै देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
आज सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागलगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। पानी पर्ने सम्भावना उच्च रहेकाले सतर्कता अपनाउनसमेत विभागले अनुराेध गरेकाे छ ।
प्रतिक्रिया