• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौँ। अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ फारलाईन सेल्फि रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ६ सय ९० मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय उमेश विक, सोही उपमहानगरपालिका-४ बस्ने ५० वर्षीय देव लामा र राक्सिराङ गाउँपालिका-३ केराबारी बस्ने २९ वर्षीया सिर्जना दोङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा बजारबाट फारलाईनतर्फ जाँदै गरेको ना.२ ह ९४४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक देव तथा अटोमा सवार उमेश र सिर्जनालाई पक्राउ गरेको हो ।

बर्दिया, बाँसगढी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३१ ग्राम ५ सय ४० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना मिहीपुर्वा बस्ने २१ वर्षीय हर्षित यादव र २२ वर्षीय अंकित कुमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले युपि ३२ पिटी ७४१० नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिरहा, सिरहा नगरपालिका-३ मखनहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम ४ सय ८० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ सुकचैना बस्ने २० वर्षीय चन्दनकुमार यादव र १९ वर्षीय जितेन्द्रकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ एक्स ६९६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ९, शुक्रबार ०९:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP