• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज महाअष्टमी पर्वः देशभरका शक्तिपीठहरुमा पूजा गर्नेहरुको भीड

आज महाअष्टमी पर्वः देशभरका शक्तिपीठहरुमा पूजा गर्नेहरुको भीड

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैँको आठौं दिन आज महाअष्टमी पर्व भगवती दुर्गाको पूजा आराधना गरी देशभर मनाइँदैछ।

आज देशभरका शक्तिपीठहरुमा महाष्टमीको अवसरमा देवीको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ। काठमाडौंको भद्रकालीमा पनि भक्तजनहरुको भीड लागेको छ। काठमाडौंका नक्शाल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, महांकाल, संकटा, नरदेवी, इन्द्रायणी र शोभा भगवतीमा देवीको पूजा आराधनाका लागि भक्तजनहरुको भीड छ।

यस्तै उपत्यकाबाहिर काभ्रेकाे चण्डेश्वरी र पलाञ्चाेक भगवाती मन्दिरमा पनि बिहानैदेखि भक्तजनकाे बाक्लाे भीड छ ।

महाष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने शास्त्रोक्त कथन छ। आजको दिन देशभरका विभिन्न शक्तिपीठहरुमा पशुबली दिएर महाष्टमी पर्व मनाउने गरिन्छ ।

कलपूर्जा, हातहतियार र गाडीहरुलाई आज भगवतीको अस्त्रको रुपमा पूजा गर्ने चलन छ। पशुबली नदिनेहरुले आज आफ्नो पूजाकोठामा कुभिन्डो, नरिवल, घिरौँला, लौका लगायतको बली दिने गर्दछन्।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १४, मंगलवार ०७:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP