• २०८३ असार ३१ | Wed, 15 Jul 2026

भारी वर्षाको प्रतिकूलतासँग जुध्न सर्वसाधारणमा कांग्रेसको अपील (विज्ञप्तिसहित)

भारी वर्षाको प्रतिकूलतासँग जुध्न सर्वसाधारणमा कांग्रेसको अपील (विज्ञप्तिसहित)

काठमाडौँ । नेपाली कांग्रेसले भारी वर्षाको प्रतिकूलतासँग जुध्न सबैलाई अपील गरेको छ । प्रेस विज्ञप्ति निकाल्दै कांग्रेसले असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, संबद्ध निकाय, दलहरू, स्वयंसेवीहरु एवं सम्पूर्ण नागरिकमा अपील गरेको हो ।

सात बुँदे सतर्कता सार्वजनिक गर्दै कांग्रेसले सम्भावित खतराप्रति सचेत रहन आग्रह गरेको छ। यस्ता छन् पूर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता-

१) दशैंको टीका लगाउन या लगाइसकेर गन्तब्यमा फर्किन लाखौं नागरिक यतिबेला सडक यात्रामा छन् l अतः मौसमको तीव्र प्रतिकूलता नजिकिएको सूचना प्रभावि रुपले सम्प्रेषण गरौं l

२) सरकार र संबद्ध निकायले यस्तो बेला जारी गर्ने र गरेका सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षित रहौं, अरुलाई सुरक्षित बनाउन सुसूचित गरौं l

३) बाढीपहिरोको घोषित एवं संभावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षीत स्थलतर्फ केहिदिनलाई सार्नुपर्ने आवश्यकता ठहर भएका ठाउँमा अविलम्ब स्थानीय तह र स्थानीय प्रशासन मार्फत आवश्यक बन्दोबस्तको पहलकदमी गरौं l

४) पहाडी भूगोल र हाम्रा सडक मार्ग उसैपनी जोखिमपुर्ण छन्, अत भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडक मार्ग निस्चित अवधिका लागि अनिवार्य बन्द गरौं l

५) सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं / गराऔं l

६) विपद्सँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावि ढंगको भूमिका तिनै तहका सरकारको समन्वयमा सम्पादन गरौं l

७) तत्कालिन प्रतिकूल स्थिती दृष्टिगत गरेर जाेखिमका सम्भावित क्षेत्रहरुमा अन्य सबै कार्य केही दिनका लागि थाती राखेर एकबद्ध भइ चुनाैती सामना गराैं ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १७, शुक्रबार १५:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP