• २०८३ असार ३१ | Wed, 15 Jul 2026

समानुपातिकमा सकियाे ९५ लाख ११ हजार मत गणनाः रास्वपाले कटायाे ४५ लाख ९४ हजार मत

समानुपातिकमा सकियाे ९५ लाख ११ हजार मत गणनाः रास्वपाले कटायाे ४५ लाख ९४ हजार मत

काठमाडौँ । प्रत्यक्षमा १२५ सिट जितिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पनि उच्च मत ल्याउँदै अघि देखिएको छ ।

यो समाचार तयार पार्दासम्म ९५ लाख ११ हजार ८४ मतगणना भइसकेको छ ।

जसमा रास्वपाले ४५ लाख ९४ हजार ९०५, नेपाली कांग्रेसले १५ लाख ४३ हजार ४०४ र एमालेले १२ लाख ८६ हजार ४५८ मत पाएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले ६ लाख ९३ हजार ६८८, श्रम संस्कृती पार्टीले ३ लाख २५ हजार ९२७, राप्रपाले ३ लाख ३ हजार ६८०, जनता समाजवादी पार्टीले १ लाख ४७ हजार २९७ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ४६ हजार ९३५ मत पाएका छन् ।

प्रत्यक्षमा १६३ स्थानकाे परिणाम आउँदा १२५ सिटसहित रास्वपा पहिलाे

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेकाे छ । निर्वाचन आयाेगका अनुसार हालसम्म प्रत्यक्षमा १६५ मध्ये १६३ स्थानकाे नतिजा आइसकेकाे छ ।

विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा मतगणना भई परिणाम आइसकेका हुन् । मतगणना भइसकेका स्थान मध्ये रास्वपाकाे पक्षमा उल्लेख्य जनलहर देखिएकाे छ ।

जसमा रास्वपा १२५ स्थानमा विजयी भएकाे छ । कांग्रेसले १८ स्थानमा जीत हात पारेकाे छ। यस्तै एमाले एक स्थानमा अघि र ८ स्थानमा जीत हात पारेकाे छ ।

नेकपाले ७ स्थानमा जीत हात पारेकाे छ । श्रम संस्कृति ३ स्थानमा जितेकाे छ । यसैगरि राप्रपाले १ स्थानमा जितेकाे छ भने स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट हात पारेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २५, सोमबार १२:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP