• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

समावेशितालाई आत्मसात गर्दै बजेट विनियोजन गरिनेछः नगरप्रमुख तामाङ

समावेशितालाई आत्मसात गर्दै बजेट विनियोजन गरिनेछः नगरप्रमुख तामाङ

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले सबै क्षेत्र, वर्ग तथा लिङ्गको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर बजेट विनियोजन गरिने बताउनुभएको छ ।

मेलम्ची नगरपालिकाको समन्वयमा राष्ट्रिय समावेशी आयोगद्वारा आयोजित ‘स्थानीयस्तरमा समावेशिताको अवस्था तथा लक्षित वर्गको हकहितका विषयमा स्थानीय पहुँच’सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले समावेशिताको सिद्धान्तलाई पूर्णरूपमा आत्मसात गर्दै विकास र सेवा प्रवाहलाई अगाडि बढाइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्यहरू पुष्पराज तिमल्सिना र मनकुमार खत्रीले आयोगको भूमिका, समावेशिताको अवस्था तथा लक्षित वर्गका अधिकारसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ४, बिहीबार १६:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP