काभ्रे । वर्षासँगै पनाैती नगरपालिकाबाट बेथानचाेकस्थित ढुंखर्क जाने सडक बन्द भएकाे छ।
गएरातिदेखिकाे वर्षाका कारण ठाउँ ठाउँमा पहिराे गएका कारण साे सडक बन्द भएकाे हाे । अहिले पनौती सडककाे पार्थली, खड्केचौर, बगर लगायतका ठाउँहरूमा पहिरो गएको छ ।
असजिलाेमा परेका केही सवारी साधनलाई तत्कालका लागि उद्धार गरिएको र अब बाटो पूर्णरुपमा बन्द भएको बेथानचाेक गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पुरुषाेत्तम तिमल्सिनाले जानकारी दिनुभयाे ।
वर्षा निरन्तर भइरहेका कारण तत्काल यहाँ सडक सुचारु हुने सम्भावना नभएकाे पनि उहाँले बताउनुभयाे ।

तस्बीरः पुरुषाेत्तम तिमल्सिना
प्रतिक्रिया