• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुनकाे मूल्यमा आज पनि उच्च बृद्धि, हालसम्मकै नयाँ रेकर्ड कायम

सुनकाे मूल्यमा आज पनि उच्च बृद्धि, हालसम्मकै नयाँ रेकर्ड कायम

काठमाडौँ। दशैं बिदापछि आइतबारदेखि उकालाे लागेकाे सुनकाे मूल्य आज पनि बढेकाे छ।

नेपाली बजारमा सुनकाे मूल्य आइतबार एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । साेमबार २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन आज पनि २ हजार ३०० ले बढेर उच्चबिन्दुमा पुगेकाे छ । याे उच्च बृद्धिसँगै सुनकाे भाउले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा २ लाख ३५ हजार चार सय रुपैंयाँ कायम भएकाे छ।

यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य साेमबार ३० रुपैंयाँ बढेर तोलामा २ हजार ९६० रुपैयाँ कायम भएकोमा आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २१, मंगलवार ०४:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP