• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बाढी पहिरोका कारण अझै ७ वटा सडक पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

बाढी पहिरोका कारण अझै ७ वटा सडक पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

काठमाडौँ । बाढी पहिरोका कारण अझै ७ वटा सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् ।

बुधबार नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न राजमार्गका ६ वटा सडक पूर्णरुपमा अवरुद्ध रहेका र ५ वटा एकतर्फीरुपमा संचालनमा रहेका छन् ।

विभिन्न ८ जिल्लाका मूख्य राजमार्ग अवरुद्ध रहेकाे र खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ । जसमा संखुवासभा, धनकुटा, इलाम, काभ्रे, हुम्ला, रसुवा, मकवानपुर र सिन्धुली रहेका छन् ।

उता सडक विभागले दिएकाे जानकारी अनुसार भने विभिन्न राजमार्गका ३२ स्थानमा अवरुद्ध छ । विभागका अनुसार बीपी राजमार्गमा मात्रै बाढीपहिरोका कारण १८ स्थानमा सडक अवरुद्ध बनेको छ। मेची राजमार्गमा १० स्थानमा, भेडेटार रबि राँके सडक पनि अवरुद्ध भएको छ।

यस्तै ताप्लेजुङकाे फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर अवरुद्ध छ। सङ्खुवासभाको अल्फटेमा पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध छ ।

त्यस्तै गत असारमा चीनतर्फबाट आएको बाढीले तातोपानी, टिमुरेमा क्षति गर्दा स्याफ्रुवेंसी–रसुवागढी सडक पूर्णरूपमा अवरुद्ध छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २२, बुधबार ०८:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP