काठमाडौँ। दशैं बिदापछि गत आइतबारदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य शुक्रबार घटेकाे भएपनि शनिबार पुनः बढेकाे छ। आज सुन तीन हजारले बढेकाे छ। याे सँगै सुनकाे भाउ प्रतिताेला २ लाख ३८ हजार रुपैयाँ कायम भएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार चाँदीकाे भाउ पनि बढेकाे छ । शुक्रबार तोलामा ३ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शनिबार बढेर तोलामा ३ हजार १२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीकाे मूल्य आजसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।
नेपाली बजारमा सुनकाे मूल्य गत आइतबार एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । साेमबार २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन मंगलबार पनि २ हजार ३०० ले बढ्याे । बुधबार २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । बिहीबार मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर शुक्रबार भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन आज शनिबार पुनः तीन हजारले बढेकाे हाे ।
यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । मंगलबार २ लाख ३५ हजार चार सय कायम थियाे भने बुधबार २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । बिहीबार मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन शुक्रबार भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे ।

प्रतिक्रिया