• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

दलहरूसँग परामर्श गर्ने निर्वाचन आयोगकाे तयारी, चार दल दर्ता प्रक्रियामा

दलहरूसँग परामर्श गर्ने निर्वाचन आयोगकाे तयारी, चार दल दर्ता प्रक्रियामा

काठमाडौँ। निर्वाचन आयोगले चुनावको मिति घोषणा भएको करिब एक महिनापछि चुनावको तयारीबारे राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी गरेको छ। आयोगले असोज ३० गते बिहीबार दलहरूसँग छलफल गर्न लागेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहीबार बिहान २९ दललाई छलफलका लागि बोलाइएको जानकारी दिनुभयो । आयोगमा भने १२२ राजनीतिक दल दर्ता छन् । सङ्घीय संसद्, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूले छलफलमा भाग लिनेछन् ।

उहाँले छलफलको विषयवस्तुबारे जानकारी गराउँदै निर्वाचन कार्यक्रमबारे जानकारी गराउनुका साथै दलहरूबाट चुनावको तयारीलगायत विषयमा सुझाव लिने बताउनुभयो ।

प्रवक्ता भट्टराईले पहिलो चरणको छलफलमा २९ दल सहभागी हुने भए पनि दोस्रो चरणको छलफलमा आयोगमा दर्ता कायम रहेका अन्य दलहरूसँग समेत परामर्श गरिने बताउनुभयो । आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ तर राजनीतिक दलसँग हालसम्म छलफल गरेको छैन ।

चुनावको मिति घोषणा भएको करिब एक महिना बित्न लाग्दासमेत दलसँग छलफल नगरेको भन्दै आलोचना भइरहँदा आयोगले निर्वाचनको वातावरण बनाउन महत्वपूर्ण भूमिका रहने राजनीतिक दलसँग परामर्श गर्न थालेको हो।

चार दल दर्ता प्रक्रियामा
जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा चार वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताको समयसीमा तोकेको छ।

त्यसपछि दर्ता हुने दलले फागुन २१ मा हुने आमनिर्वाचनमा भाग लिन पाउने छैन । मङ्सिर १ देखि १० गतेसम्म आयोगको अभिलेखमा दर्ता कायम रहेका दललाई निर्वाचन प्रयोजनका लागि दर्ताको कार्यक्रम सार्वजनिक भइसकेको छ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार जनस्वराज पार्टी, नेपाल नागरिक पार्टी, श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीले दर्ताका लागि निवेदन दिएका छन् । गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २८, मंगलवार ०१:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP