• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

आज २२.५८ अङ्कले घट्याे नेप्से, कति भयाे काराेबार ?

आज २२.५८ अङ्कले घट्याे नेप्से, कति भयाे काराेबार ?

काठमाडौँ। नेप्से परिसूचक आज पनि घटेको छ। आज नेप्से २२.५८ अङ्कले घटेर २ हजार ५०५.५८ मा झरेको हाे।

आज कुल ३ अर्ब १० करोड ८३ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको ७६ लाख ११ हजार ६ सय ६० कित्ता शेयर किनबेच भए।

कुल ३१८ वटा कम्पनीका शेयर कारोबार भएका थिए । जसमा ४० कम्पनीको मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

बजारमा आज म्युचुअल फण्ड बाहेक सबै परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट ट्रेडिङमा २.०९ प्रतिशतले भएको छ।

सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरूमा समता लघुवित्त रहेकाे छ । समाज लघुवित्त र विन्धबासिनी हाइड्रोपावरमा आज नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५४ लाख रुपैयाँको कारोबार भयाे । त्यस्तै, हिमालयन पुनर्बीमाकाे १३ करोड ४९ लाख तथा युनियन हाइड्रोपावरको १२ करोड ९९ लाखको कारोबार भएको नेप्सेले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २९, बुधबार ११:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP