• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

घट्यो पेट्रोलको मूल्य, ग्याँस र डिजेलकाे के छ अवस्था ? (सूचीसहित)

घट्यो पेट्रोलको मूल्य, ग्याँस र डिजेलकाे के छ अवस्था ? (सूचीसहित)

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार अब काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ पर्नेछ । यस्तै सुर्खेत र दाङमा १५८ रुपैयाँ र बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ।

डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएकाे छ । यस अघि दुई पटक इन्धनकाे मूल्य यथावत राखेकाे निगमले आज भने समायाेजन गरेकाे हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २९, बुधबार १४:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP