काठमाडौँ। आज पनि सुनकाे मूल्यमा बृद्धि भएकाे छ। आज सुन दुई हजार रुपैंयाँ प्रतिताेला बृद्धि भएकाे हाे । सुनकाे मूल्य अहिलेसम्मकै उच्च हाे ।
याे सँगै सुनकाे भाउ आज प्रतिताेला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। चाँदीकाे मूल्य भने आज ३५ रुपैंयाँले बढेकाे छ । यससँगै ३ हजार २७५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
दशैं बिदापछि गत असाेज १९ गते आइतबारदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य गत शुक्रबार घटेकाे थियाे । शनिबार पुनः बढेकाे भए पनि आइतबार स्थिर रहेकाे थियाे। साेमबारदेखि बढेकाे सुनकाे मूल्य मंगलबार एकै दिन ८ हजार १०० ले बढ्याे। बुधबार चार सयले बढेकाे सुन आज दुई हजारले बढेकाे छ ।
नेपाली बजारमा सुनकाे मूल्य असाेज १९ गते एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । गत साेमबार २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन मंगलबार पनि २ हजार ३०० ले बढ्याे । बुधबार २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । बिहीबार मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर शुक्रबार भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन गत शनिबार पुनः तीन हजारले बढेकाे थियाे ।
यसअघि असाेज १९ गते आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । मंगलबार २ लाख ३५ हजार चार सय कायम थियाे भने बुधबार २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । बिहीबार मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन शुक्रबार भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे ।
शनिबार बढेर २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे। असाेज २६ गते आइतबार स्थिर भएकाे सुनकाे भाउ साेमबार पुनः बढ्याे भने मंगलबार पनि बढ्दै प्रतिताेला २ लाख ४८ हजार ५०० पुगेकाे थियाे। बुधबार र बिहीबार पनि बढेर उच्च बिन्दुमा पुगेकाे छ ।
प्रतिक्रिया