• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

पर्वलक्षित सुपथ मूल्य पसल भोलिदेखि सञ्चालनमा आउने

पर्वलक्षित सुपथ मूल्य पसल भोलिदेखि सञ्चालनमा आउने

काठमाडौँ । भोलि सोमबारदेखि देशभर सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ८ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्तरूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी गरेका हुन् ।

तर, भदाै २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण देशभरि ७२ जनाको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल सञ्चालनमा नआउने हो कि भनेर उपभोक्तामा अन्योल छाएको थियो ।

यद्यपी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकिएकै मिति अर्थात् भोलिदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने जनाएको छ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २९, आईतवार १३:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP