काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज प्रतितोला २०० रूपैंयाँले मूल्य घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८३ हजार ८०० रूपैंयाँ कायम भएको छ ।
याे हप्ता आइतबार प्रतितोला १ हजार ८०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे ।
गत हप्ता आइतबार १ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे । यस्तै मंगलबार ४ हजार ३०० रूपैंयाँले मूल्य घट्याे ।
यस्तै बुधबार भने एक हजार रूपैंयाँले मूल्य घटेको थियाे भने बिहीबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे ।
यता आज चाँदीकाे मूल्य भने बढेकाे छ । ३० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ३८० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया