• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

बिदेशमा भाइटीकाः कुन देशमा कति बजे लगाउन सकिने ? (सूचीसहित)

बिदेशमा भाइटीकाः कुन देशमा कति बजे लगाउन सकिने ? (सूचीसहित)

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले यस वर्षकाे भाइटीका कुन देशमा कति बेला लगाउन सकिने भन्ने मिति र समय सार्वजनिक गरेकाे छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक ६ गते बिहान ११ः३९ बजे नेपालमा भाइटीकाकाे शुभसाइतकाे समय यस अघि नै सार्वजनिक गरिसकेकाे छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले जनाए अनुसार भारतमा साेही दिन बिहान ११ः५५ बजेकाे शुभसाइतमा टीका लगाउन सकिन्छ ।

अमेरिकाकाे न्यूयाेर्कमा भने २२ अक्टाेबर बिहान ११ः४५ बजे र टेक्ससमा ११ः५७ बजेका लागि शुभ साइत तय गरिएकाे छ । उता क्यानडाकाे टाेरन्टाेमा साेही दिन बिहान ११ः२३ बजेकाे साइत उत्तम छ।

सिङ्गापुरमा २३ अक्टाेबर बिहान ११ः५८ बजे भाइटीका लगाउन सकिने समितिका सभापति प्राडा माधव भट्टराईले जानकारी दिनुभयाे । हेराैं सूचीः



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३०, बिहीबार १२:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP