पनाैती । पनाैतीका पुराना भित्ते चित्रसम्बन्धी तयार पारिएकाे पुस्तक सार्वजनिक हुने भएकाे छ ।
कात्तिक ५ गते दिउँसाे एक बजे पनाैती लायकु प्यालेसमा एक कार्यक्रमका बीच पुस्तक बिमाेचन हुन लागेकाे हाे ।
एक जना विदेशीसहित तीन जना लेखकहरुले तयार पारेकाे ‘पनाैतीका भित्तेचित्र र यसकाे महत्व’ (wall Penting of Panauti and their context) नामकाे पुस्तक सार्वजनिक हुने फाेटाे पत्रकार प्रशान्त श्रेष्ठले जानकारी दिनुभयाे ।
पुस्तकलाई फ्रान्सका मानवशास्त्री जेरार्ड टाेफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्धिबाबा प्रधान र पुरातत्व विभागका रसायनविद् भिमबरसिंह थापाले पुस्तक लेख्नु भएकाे हाे । यसमा पनाैतीका इतिहास झल्काउने चित्रहरुकाे बारेमा उल्लेख गरिएकाे बताइएकाे छ ।

प्रतिक्रिया