• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

सयपत्री प्रतिष्ठान बनेपाद्वारा विभिन्न श्रष्टा सम्मानित

सयपत्री प्रतिष्ठान बनेपाद्वारा विभिन्न श्रष्टा सम्मानित

काभ्रे । सयपत्री प्रतिष्ठान नेपाल बनेपा-१० ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा विभिन्न श्रष्टाहरुलाई सम्मान गरेकाे छ।

जसमा यस वर्षको सयपत्री राष्ट्रिय सम्मान २०८२ बाट वरिष्ठ साहित्यकारद्वय प्राडा रामप्रसाद दाहाल र उहाँकी धर्मपत्नी चन्दा कोइराला दाहाल तथा काभ्रेली साहित्यकार डाक्टर अनन्तप्रसाद अधिकारी र उहाँकी धर्मपत्नी नर्वदा खनाल अधिकारीलाई सम्मान गरिएकाे हाे।

सम्मानित जोडीलाई सम्मानपत्र, सयपत्रीको माला, दुवोको माला, दोसल्ला र बाटो खर्च पाँच हजार एक नगदसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।

शनिबार लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकारद्वय दाहाल र अधिकारी सम्मानित हुनुभएको हो। वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार मोहन दुवालकाे सभापतित्वमा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले उपस्थितहरुलाई स्वागत गर्नुका साथै संस्थाका बारेमा जानकारी दिनुभएकाे थियाे ।

कार्यक्रम संयोजक एवं वरिष्ठ साहित्यकार मोहन दुवाल, लाेकगायक मच्छेश्वर सापकोटा, बनेपा १० का वडाध्यक्ष चन्द्रबहादुर खड्का लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रामसुन्दर देउजाले गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १, शनिबार १५:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP