काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रोस पोखेका छन् । जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता र दलहरुमाथि आक्रोश पोखेका हुन्।
उनले तुइन र काठको पुल बनाउने नेताहरूले देश विदेशीले बिगारेको भनेको भन्दै व्यंग्य पनि गरेका छन् । भिसा पाउन नेताहरूकोमा धाउनुपर्ने भन्दै बालेनले भनेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्- ‘यो देश विदेशीले बिगार्यो । भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ। अरुलाई एजेन्ट भन्छौ ?’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगलागी र तोडफोडमा कांग्रेस, एमालेका कार्यकर्ता नै सक्रिय भएको भन्दै उनले दोष बालबच्चालाई दिएको भन्दै आपत्ती पनि जनाए।
‘आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ। कांग्रेसले एमालेको जलाउँछ। दोष आफ्नो बाल बच्चालाई दिन्छौ ?,’ उनले भनेका छन्, ‘चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ? लाज लाग्दैन ?’

कांग्रेस, एमालेका केही नेताहरूले बालेनले नै जेनजी आन्दोलनलाई पर्दा पछाडि बसेर उचालेको आरोप सार्वजनिक ठाउँहरूमा लगाउँदै आएपछि यसैलाई लिएर आज उनले त्यसको जवाफ दिएका हुन् ।
प्रतिक्रिया