• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ । नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा खेल हुने भएकाे हाे । खेल साँझ सवा ६ बजेदेखि शुरु हुनेछ।

नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यी खेलका लागि विदेशमा व्यवसायिक फुटबल खेलिरहेका प्रीति राई, सावित्रा भण्डारी साम्बा, पूजा राई तथा एन्जिला तुम्बापो सुब्बा टिममा सामेल भएका छन्।
नवनियुक्त प्रशिक्षक नविन न्यौपानेको यो पहिलो खेल हो।

नेपालले १० गते भारतसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि १३ कात्तिकमा भारतसँग अर्को एक अनअफिसियल खेल पनि हुनेछ। फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन्।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ७, शुक्रबार ०१:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP