• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

तिहारको समापनसँगै छठ पर्वको तयारी धमाधम शुरु

तिहारको समापनसँगै छठ पर्वको तयारी धमाधम शुरु

महोत्तरी। तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको तयारी धमाधम शुरु भएको छ।

मिथिलाको प्रमुख पर्वको रुपमा मानिने छठका लागि महाेत्तरीका पोखरी, नदी, तलाउहरुमा तयारी शुरु भएको छ । जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रूव रायले जानकारी दिनुभयो।सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले बताउनुभयो ।

मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ। मिथिलावासीहरु यस पर्वलाई धुमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी शुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताउनुभयो ।

सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदैछ। पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिनुभयो।

जलेश्वर नगरपालिका–१ स्थित बरुण सरोवरमा पनि छठ पर्वको लागि चारैतिर ठूल–ठूला पंडाल, रंगीचङ्गी साजसज्जा भइरहेको वडा अध्यक्ष अनिल झाले बताउनुभयो। यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीहरुमा धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताउनुभयो।गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ७, शुक्रबार ०२:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP