• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर, आठ करोड ५५ लाख बिगो दाबी

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर, आठ करोड ५५ लाख बिगो दाबी

काठमाडौँ । भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर भएको छ । सङ्गठित अपराध र भन्सारसम्बन्धी दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको हो । महराविरुद्ध दुई कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपियाँ बिगो दाबी गरिएको छ। हाजिरी जमानतमा छुटेको डेढ वर्षपछि पक्राउ पर्नुभएका महराविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको बताउनुभयो । मुद्दा दायर भए पनि जिल्ला अदालतमा मङ्गलबारदेखि मात्र थुनछेक प्रक्रिया प्रारम्भ हुनेछ । अदालतले थुनेछेकपछि थुनामै राख्ने, धरौटी वा जमानतमा रिहाको आदेश गर्न सक्नेछ।

२०७९ पुस १० मा फ्लाई दुबईबाट काठमाडौँ आएका चिनियाँ नागरिक दावाजिन वाङको साथमा शङ्कास्पद सुटकेस बरामद भएको थियो । सामग्री नै छाडेर चिनियाँ नागरिक वाङ भागेका थिए । भन्सारमा अलपत्र उक्त सामग्री छाडिदिन महराले पटक पटक फोन गर्नुभएको अनुसन्धानमा खुलेको थियो । प्रहरी अनुसन्धानमा उक्त सुटकेसमा विद्युतीय चुरोट (भेप) भएको फेला परेको थियो । भेपमा नौ केजी ११.५२४ ग्राम सुन फेला परेको थियो ।

कति हुन्छ सजाय ?
अदालतले महरा कसुरदार ठहरेमा भन्सार र सङ्गठित ऐन दुवै कसुरमा सजाय हुन सक्ने छ । भन्सार ऐनको व्यवस्था अनुसार महरालाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने छ । तीन करोड रुपियाँभन्दा बढी बिगोको हकमा कसुरदारलाई तीनदेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था भन्सार ऐनमा छ। बिगोबमोजिमको जरिवाना पनि कसुरदारलाई हुनेछ । गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २८, मंगलवार ०१:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP