• २०८३ असार ३१ | Wed, 15 Jul 2026

स्थानीय प्रशासनबाट अनुमति नलिइ माइतीघरमा प्रदर्शन गर्ने ५० जना प्रहरीकाे नियन्त्रणमा

स्थानीय प्रशासनबाट अनुमति नलिइ माइतीघरमा प्रदर्शन गर्ने ५० जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको माइतीघरमा स्थानीय प्रशासनबाट अनुमति नलिइ प्रदर्शनका लागि पुगेका ५० जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहानदेखि माइतीघरमा प्रदर्शन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ८, शनिबार ०७:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP