• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

आन्तरिक र बाह्य पर्यटकका लागि उपयुक्त गन्तव्य बेथानचोकको ‘गजराम पर्वत’

आन्तरिक र बाह्य पर्यटकका लागि उपयुक्त गन्तव्य बेथानचोकको ‘गजराम पर्वत’

बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ र ५ को सीमानामा रहेको गजराम पर्वतमा त्यहाँ घुम्न आएका आन्तरिक पर्यटकहरुको सहयोगमा राष्ट्रिय झण्डा राखिएको छ।

माउण्ट महाभारत होमस्टे, बेथानचोकबाट यहाँकाे गजराम पर्वत घुम्न पर्यटकहरु पुगेका थिए । बेथानचोक गाउँपालिका ३ र ५ काे सीमानामा रहेको गजराम पर्वत समुन्द्री सतहबाट ३ हजार १२ मिटरकाे उचाईमा अवस्थित छ।

गजराम पर्वत, बेथानचोकका लागि मात्र नभएर आन्तरिक र बाह्य पर्यटकका लागि पनि उपयुक्त पर्यटकीय गन्तव्य रहेकाे माउण्ट महाभारत होमस्टेका संचालक कमल नेपालले जानकारी दिनुभयाे । यहाँ अहिले हरेक दिन पर्यटककाे घुईंचाे लाग्ने गरेकाे उहाँ बताउनुहुन्छ ।

तस्बीरः कमल नेपाल



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ८, शनिबार १५:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP