काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ६८ अर्ब रुपैंयाँको वस्तु आयात भएको छ । गत वर्षकाे तुलनामा याे ७८ अर्बले बढी हाे ।
गत आर्थिक वर्षको शुरुका तीन महिनामा ३ खर्ब ९० अर्ब रुपैंयाँको वस्तु आयात भएको थियो ।
यस्तै तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैंयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएकाे छ। गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब ३७ करोड रुपैंयाँको वस्तु निर्यात भएको थियो । गत वर्षकाे तुलनामा याे ७८ अर्बले बढी हाे । करिब ३४ अर्बले बढी हाे ।
कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत छ भने आयातको हिस्सा ८६.५४ प्रतिशत रहेको विभागले जनाएकाे छ।
यसैगरि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ५ खर्ब ४० अर्ब रुपैंयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ४ खर्ब २९ अर्ब रुपैंयाँ थियो ।
प्रतिक्रिया