• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज रातिदेखि तीन दिन वर्षा र हिमपातको सम्भावनाः सतर्कता अपनाउन अनुराेध (विज्ञप्तिसहित)

आज रातिदेखि तीन दिन वर्षा र हिमपातको सम्भावनाः सतर्कता अपनाउन अनुराेध (विज्ञप्तिसहित)

काठमाडौँ। सोमबार (आज ) रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको हाे ।

सोही प्रभावका कारण सोमबार रातिदेखि कात्तिक १२ गते बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जनजीवन,पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अप्नाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध पनि गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक १० गते (सोमबार)
रातिः देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपात तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

२०८२ कार्तिक ११ गते (मंगलबार)
दिउँसोः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको छ।

रातिः बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको छ।

२०८२ कार्तिक १२ गते (बुधबार)
दिउँसोः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक बदली बदली रहने छ। कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १०, सोमबार १३:२९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP