• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बीपी राजमार्गका आधा दर्जन ठाउँमा लेदाेसहितकाे पहिराे, सडक दुईतर्फी रुपमा अवरुद्ध

बीपी राजमार्गका आधा दर्जन ठाउँमा लेदाेसहितकाे पहिराे, सडक दुईतर्फी रुपमा अवरुद्ध

धुलिखेल । बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाभित्रकाे खण्डमा आधा दर्जन ठाउँमा लेदाेसहितकाे पहिराे खसेर सडक अवरुद्ध भएकाे छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले दिएकाे जानकारी अनुसार चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना, नार्केलगायतका स्थानहरूमा पहिरो तथा लेदो खसेर दुईतर्फी रुपमा सडक अवरोध भएकाे छ।

अवरोध हटाई सडक सञ्चालन गर्न समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्नु हुन प्रहरीले सर्वसाधारणका लागि अनुरोध गरेकाे छ ।

याे ठाउँमा जाेखिम हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यसअघि नै जिल्ला प्रशासन कार्यालय काभ्रेले बिहीबार साँझदेखि आज बिहानसम्म बीपी राजमार्गकाे काभ्रे भञ्ज्याङदेखि सिन्धुलीसम्मकाे खण्डमा सवारी साधन संचालनमा निषेध गरेकाे छ।

फाइल तस्बीर



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १४, शुक्रबार ०१:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP