• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कांग्रेस केन्द्रीय समिति बैठक दुई दिनका लागि सारियाे, आइतबार दिउँसो एक बजे बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक दुई दिनका लागि सारियाे, आइतबार दिउँसो एक बजे बस्ने

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि सारिएको छ। आज बिहानैदेखि भएका प्रयासले सार्थकता नपाएपछि शुक्रबार १ बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि सारिएको हो ।

कांग्रेसमा देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन भएका प्रयास असफल भएपछि बैठक सारिएको नेताहरूले बताएका छन् ।

पार्टीभित्र डा. शेखर कोइराला नेतृत्वको समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । समूहका नेता डा. कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

यता संस्थापन समूहले भने सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ। यही विवाद मिलाउन शुक्रबार भएका प्रयास सार्थक नभएपछि केन्द्रीय समिति बैठक सारिएको हो ।

शेरबहादुर देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिने भएकाले त्यो समयभित्र महाधिवेशन गर्नुपर्ने धारणा डा. कोइरालाको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका छन् । महामन्त्रीद्वय थापा र शर्माकै निर्देशनमा युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १४, शुक्रबार १३:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP