• २०८३ असार ३२ | Thu, 16 Jul 2026

पछिल्लो २४ घण्टामा विराटनगर आसपास २४८ मिलिमिटर वर्षाः आज राति पनि वर्षा हुने

पछिल्लो २४ घण्टामा विराटनगर आसपास २४८ मिलिमिटर वर्षाः आज राति पनि वर्षा हुने

काठमाडाैँ । पछिल्लो २४ घण्टामा कोशी प्रदेशको इटहरी-विराटनगर आसपास हरैचा मौसमी केन्द्रले २४८ मिलिमिटर वर्षा मापन गरेको छ। यो अति भारी वर्षा हो।

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा २० देखि ३७ मिलिमिटर वर्षा भएकाे छ । अब काठमाडौं लगायत पश्चिम भागमा हल्का वर्षा भए पनि भारी वर्षाको सम्भावना कम देखिन्छ तर उत्तर भेगमा हिमपातको सम्भावना भोलिसम्म कायम रहेकाे वरिष्ठ माैसमविद् धर्मदेव उप्रेतीले जानकारी दिनुभयाे ।

धान खेतीमा भने वर्षाले देशभरि नै नोक्सानी गरेको छ भने पूर्वी नेपालमा बढी नोक्सान भएको छ। मनास्लु क्षेत्रमा पनि भारि वर्षा (१६०.८ मिलिमिटर वर्षा)र हिमपात भएको छ। पूर्वमा झापा र इलाम जिल्लामा पनि भारि वर्षा भएको छ।

कोशी प्रदेश, बागमती र गण्डकीका केही भागमा आज राति पनि वर्षाको सम्भावना छ तर भोलि भने मौसममा धेरै नै सुधार हुने र दिउँसो घाम लाग्ने सम्भावना पनि छ भने आइतबारदेखि पूर्णतः सफा रहे पनि केही दिनपछि पुनः पश्चिमी वायुको प्रभाव देखिन सक्ने सम्भावना रहेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १४, शुक्रबार १३:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP