• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

धुलिखेल महोत्सव शुरु, मंशिर ३ गतेसम्म चल्ने

धुलिखेल महोत्सव शुरु, मंशिर ३ गतेसम्म चल्ने

धुलिखेल । मंशिर ३ गतेसम्म चल्ने धुलिखेल महोत्सव बिहीबारदेखि शुरु भएको छ । आकाश भैरव क्लव, धुलिखेलको आयोजना, धुलिखेल नगरपालिकाको संरक्षण र लालिगुराँस क्रियसन मिडियाको व्यवस्थापनमा महोत्सव भइरहेको हो । महोत्सवको धुलिखेल नगरप्रमुख अशोक व्याञ्जुले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा धुलिखेल अस्पताल चोकदेखि र्याली गरिएको थियो ।

विभिन्न एक सय वटा स्टल रहको महोत्सव धुलिखेल रंगशाला परिसरमा भइरहेको छ । ‘धुलिखेल नगरपालिकाको परम्परा, कला, संस्कृति, जनजाती, भेषभुषा, भौगोलिक परिचय र पर्यटनको निम्ती’ भन्ने मूल नाराका साथ काभ्रेको परम्परागत कला, संस्कृति, औधोगिक व्यापार, घरेलु, कृषि तथा खेलकूद पर्यटन प्रवद्र्धनका निम्ति प्रथम काभ्रे धुलिखेल महोत्सवको आयोजना गरिएको क्लवका अध्यक्ष पुकार श्रेष्ठले जानकारी दिनुभयो ।

यहाँ साइजअनुसार न्यून शुल्क लिएर स्थानीय व्यापारीहरुलाई स्टल उपलब्ध गराइएको छ । महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्य, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरु रहेका छन् । यस्तै रोटेपिङ, ड्राइगन, नाउ, मिनी बन्जीजम्प, वाटर बल्ब, मिकी माउस, टेम्पलिङ्ग, स्कारपियो आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुका हास्यव्यङ्ग्य तथा गीतसंगीतको प्रस्तुति पनि रहने बताइएको छ ।

काभ्रे, सिन्धुपाल्चोक, भक्तपुरलगायतका जिल्लाका नागरिकले समेत महोत्सवको लाभ लिन सक्नेछन् । महोत्सवमा विद्यार्थीका लागि ५० रुपैंयाँ, अन्य सर्वसाधारणका लागि एक सय रुपैंयाँ तथा जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

शुक्रबार, शनिबार र सरकारी बिदाको दिनमा मात्र शुल्क लाग्ने र अरु दिन प्रवेश निःशुल्क रहनेछ । १३ दिनसम्म हुने महोत्सवमा १ करोड बराबरको कारोबार हुने र ८८ लाख खर्च हुने अनुमान गरिएको छ भने जिल्ला स्तरिय स्कूल नृत्यको पनि आयोजना गरिनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २१, शुक्रबार ०२:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP